काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार निलम्वनमा परेका छन्। शुक्रबार संसद सचिवालयले गच्छदार संसदबाट निलम्वनमा परेको जानकारी दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आगोगले ललिता निवासको सरकारी, सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा व्यक्ति तथा संस्थाका नाममा कायम गरी हिनामिना गरेको आरोपमा गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसतिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो।
संसद सचिवालयले भ्रष्टचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा मुद्दा दर्ता गरेको जारकारी सचिवालयलाई गराएपछि सचिवालयले गच्छदारलाई सांसदबाट निलम्वन गरेको शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ।
‘प्रतिनिधि सभाका माननीय सदस्य श्री विजय कुमार गच्छचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मिति २०७४/१०/११ देखि स्वतः निलम्वन हुनुभएकाले यो सूचना प्रकाशित गरिएको छ’, संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बुधबार साँझ अख्तियारको टोलीले तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारविरुद्ध ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न रहेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। उनीसँग ९ करोड ६५ लाख ७६ हजार बिगो दावी गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया