असार २४, २०८२ मंगलबार July 8, 2025

नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खानी मजदुरको खोजिमा खटिएका सुरक्षाकर्मीमाथि बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा ३० जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।

चारजना चिनियाँ नागरिकसहित अन्य खानी मजदुरमाथि बुधबार भएको आक्रमण र त्यस क्रममा अपहरण गरिएकाहरूको खोजिमा खटिएका सैनिक शिरोरोमा मारिएका एकजना नाइजेरियाली सैनिक अधिकारीले बताए ।

मजदुरहरूको खोजी र उद्धारमा गएको फौजमाथि गरिएको आक्रमण निन्दा गर्दै ती अधिकारीले आफ्ना सैन्य जवानलाई  गुमाउनु हृदयविदारक भएको उल्लेख गर्दै त्यसले आफूहरूलाई केही कमजोर बनाए पनि आक्रमणकारीहरूलाई ठेगान लगाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

शिरोरोका एकजना स्थानीय अधिकारीका अनुसार मोटरसाइकल र ट्रकमा खानीमा आएका बन्दुकधारीले सुरक्षाफौजमाथि अन्धाधुन्ध गोली प्रहार गरे सातजनाको हत्या गरेका थिएभने आठ जना कामदारलाई पनि मारेका थिए ।साथै उनीहरूले चिनियाँ कामदारलाई अपहरण गरेका थिए । मारिएका सर्वसाधारण खानी मजदुर भएनभएको यकिन भएको छैन । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार