मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

महेन्द्रनारायण निधी कपको उपाधि सप्तरीले जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रथम महेन्द्रनारायण निधी प्रदेशस्तरीय टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीले जितेको छ ।

राजविराजस्थित पविमाविको खेलमैदानमा  सम्पन्न फाइनल खेलमा सप्तरीले सिरहालाई ६ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो ।

कूल १५ ओभरको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिरहाले सबै विकेट गुमाई ९१ रनको योगफल बनायो । त्यसका लागि रुपेश सिंह २६, दीपेश दास २० र अफरुद्धिनले १२ रनको योगदान दिएका थिए ।

९२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सप्तरीले १० दशमलब ३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

सप्तरीका लागि रोहन विकले सर्वाधिक ३१, राहुल मण्डल २१, महबुब आलम १६ (अविजित) र आशिष झाले १० रनको योगदान दिए । खेलमा तीन विकेट  लिएका सप्तरीका महबुब आलम ‘म्यान अफ दी म्याच’ घोषित भए ।

जिल्ला क्रिकेट सङ्घ सप्तरीको आयोजना तथा मधेस प्रदेश क्रिकेट सङ्घको समन्वयमा आयोजित प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार