श्रावण ५, २०८२ सोमबार July 21, 2025

यस्तो छ टीभीएसले आजबाट बजारमा ल्याउने नयाँ मोटरसाइकल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टीभीएस मोटर्सले आज जुलाई ६ तारिखमा बजारमा ल्याउने मोटरसाइकल ‘रोनीन’को तस्वीर इन्टरनेट मार्फत सार्वजनिक भएको छ । बजारमा आउनु दुई दिनअघि नै रोनीनको तस्बीर बाहिर आएको थियो ।

सार्वजनिक तस्वीरका अनुसार रोनीन ‘निओ क्लासीक क्रुजर डिजाइन’मा देखिएको छ । यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । साथै, साइड लुक्स र पछाडिको भाग ‘वर्ल्ड स्कुल’ डिजाइनमा देखिएको हो ।

अहिले देखिएको डिजाइन र फिचरलाई हेर्दा टीभीएसले यो मोटरसाइकललाई प्रिमियम सेग्मेन्टमा ल्याउने अनुमान गर्न सकिन्छ । यसमा गोल्डेन कलर इन्भर्टेड टेलिस्कोपीक सस्पेन्सन, अलोय ह्वील, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल जस्ता फिचर देख्न सकिन्छ ।

सिंगल पड राउन्ड इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी टर्न इन्डिकेटर, डिजिटल क्लस्टरका साथै स्मार्ट कनेक्ट फिचरसमेत रहने अनुमान गर्न सकिन्छ । यसको मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान सुरु भएको छ ।

टीभीएस रोनीनमा २२५ सीसी क्षमताको इन्जिन रहने अनुमान गरिएको छ भने यो इन्जिनले २० पीएस पावर प्रदान गर्नेछ । यसमा ५ स्पीड गियरबक्स जडान हुनेछ । रोनीन यो सेग्मेन्टमा टीभीएसको पहिलो मोटरसाइकल हुनेछ । हाल टीभीएसँग १०० सीसीदेखि ३१० सीसीका मोटरसाइकल रहेका छन् । मेरो अटो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया