असार २६, २०८२ बिहिबार July 10, 2025

अध्यक्ष ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यले साथ नदिएपछि आइतबार बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगन गरिएको छ।

नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आइतबार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने भनिएको थियो।

तर प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगन गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन्। तर उनको स्वास्थ्यमा कस्तो समस्या आएको प्रस्ट खुलाइएको छैन।

आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहान छलफल भएको थियो।

स्वास्थ्यले साथ नदिएको भन्दै प्रधानमन्त्री ओलीले नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रम पनि उद्घाटन गरेनन्।

दरबरमार्गस्थित याक एन्ड यति होटलमा सरकारले आयोजित ‘सगरमाथा संवाद’ राष्ट्रिय सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार