असार २४, २०८२ मंगलबार July 8, 2025

नाइजेरियाको जेलमा आक्रमण हुदाँ एकको मृत्यु, तीन सय कैदीबन्दी फरार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नाइजेरियाको राजधानी शहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ । आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

जेलमा ९९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा ३ सय कैदी भागेका छन् । आक्रमणकारीले अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको जेलमा आक्रमण गरेका थिए ।

उनीहरूले झण्डै ६ सय जना कैदीबन्दीलाई छुटाएको तर तीमध्ये आधाजसोलाई पुनः पक्राउ गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव शुइबु बेगोरलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भागेकाहरुको खोजी भइरहेको छ । यो आक्रमण कट्टरपन्थी समूह बोको हरामका लडाकुले गरेको हुनसक्ने आशङ्का गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार