असार २६, २०८२ बिहिबार July 10, 2025

पाकिस्तानी र अमेरिकी विदेशमन्त्री फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारनुसार पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई बुधबार फोन गर्नुभएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार सो फोनवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध आयामहरुका साथै अन्य विषयहरुमा पनि कुराकानी भएको थियो ।

दुई देशका बीचमा विगत लामो समयदेखि सुमधुर सम्बन्ध रहेको भन्दै फोनवार्ताका क्रममा पाकिस्तानी विदेशमन्त्रीले आगामी दिनहरुमा दुई देशका बीचमा उच्चस्तरीय भ्रमणहरुको आदान प्रदान हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा व्यापारिक साझेदारीका साथै लगानीका विभिन्न आयोजनाहरुका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार पाकिस्तान विदेशमन्त्री जर्दारीले पाकिस्तानमा रहेको ठूलो बजारमा अमेरिकाले लगानी गरोस् भनी आग्रह पनि गर्नुभएको सो विज्ञप्तिमा जनाइएको छ । उहाँहरुका बीचमा जलवायु परिवर्तन, स्वास्थ्य, सुरक्षा आदि विषयमा समय समयमा आपसमा छलफल हुनुपर्नेमा जोड दिइएको थियो ।

पाकिस्तानमा लगानी बढाउन सो अवसरमा पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई आग्रह पनि गर्नुभएको समाचरमा जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया