असार २४, २०८२ मंगलबार July 8, 2025

मानिसको मूल्यमा मुनाफाको चिन्ता र जीवनको मूल्यमा मरण – लोकनारायण सुबेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिश्व ब्यापार संगठन-यूएनएड्स)की कार्यकारी निर्देशक विनी ब्यान्यीमाले जेनेभामा सम्पन्न बिश्व ब्यापार संगठन-डब्लुटीओ)को मन्त्रिस्तरीय बैठकभन्दा पहिला एक अपिल जारी गरेकी थिइन् । त्यसमा उनले भनेकी थिइन् कि यदि पेटेण्ट अधिकारलाई हटाइएन भने सारा संसारले एक अन्धकारपूर्ण भबिष्यको सामना गर्नु पर्नेछ । एउटा सम्बाददाता सम्मेलनलाई सम्बोधन गर्दै ब्यन्मीले भनेकी थिइन् – ‘महामारीका बीच प्रौद्योगिकीलाई साझा तुल्याइनु एउटा जीवन मरणको प्रश्न हुन्छ । अनि हामी जीवनको होइन, मरणको चुनाव गरिरहेका छौं’ ।

अनि बिश्व ब्यापार संगठनको गएको १७ जूनमा सम्पन्न भएको १२औं मिन्त्रिस्तरीय बैठकमा धनी देशहरुले मानिसको मूल्यमा मुनाफाको बिषयमा चिन्ता र चिन्तन गरे । उनीहरुले बिश्वलाई सस्तो खोप, एण्टीभाइरल औषधी तथा रोग परीक्षण सुबिधाधहरु उपलब्ध गराउने प्राय सबैजसो सम्भावनाका ढोकाहरु बन्द गरिदिए । दक्षिण अफि्रका-भारतको कोभिड-१९ खोप तथा औषधहिरुमाथिको पेटेण्ट अधिकार हटाउने प्रस्ताब सम्वन्धि निर्णयलाई बिश्व ब्यापार संगठनले दुइ बर्षम्म टाल्यो र अन्ततः धनी देशहरुको क्लब जसमा अमेरिका, यूरोपेली यूनियन र यूके रहेका छन्, ले यो कुरा सुनिश्चित गरिदिए कि प्याटेण्ट अधिकार छुट दिने कुनै महत्वपूर्ण कदम पारित नहोस् । यस प्रकार ठूला औषधी कम्पनीहरुको मुनाफाले अर्को एक पटक पुनः मानिसको जीन्दगी तथा स्वास्थ्यको ज्वलन्त आबश्यकतालाई हरायो या लत्याइदियो ।यस्तै कुरा पहिला एड्स रोगका सम्वन्धमा पनि घटिसकेको थियो ।

सम्पन्न यो १२औं बैठकमा जुन तथाकथित ‘सहुलियत’ स्वीकार गरियो त्यो अनिवार्य अनुमतिपत्र-लाइसेन्सं) जारी गर्ने सम्वन्धमा बिश्व ब्यापार संगठनको दोहा सम्झौताको बहुतै दुरुह प्रकृयाहरुलाई केही सरल तुल्याउने काम त निसन्देह गर्दछ नै तर यस क्रममा चीन तथा भारत जस्ता देशहरुका लागि जोसँग बिनिर्माणका उल्लेखनीय किसिमले बढी सुबिधाहरु छन् यस प्रकारका अनिवार्य अनुमतिपत्र अन्तरगत खोपको आपूर्ति गर्न कठिन तुल्याइदिएको छ । यसले गर्दा जुन देशहरुलाई खोपको अत्यन्त आवश्यकता छ तिनलाई त्यो आवश्यकताका लागि अनिवार्य लाइसेन्स पहिलाभन्दा निकै सजिलोसँग जारी गर्ने अधिकार त हुनेछ तर यदि तिनलाई यो लाइसेन्स ती देशलाई दिने अधिकार हुनेछै्रन जोसँग सम्वन्धित बिनिर्माणका सुबिधाहरु रहेका छन् । यस्तो स्थितिमा ती अनिवार्य लाइसेन्स या अनुमतिपत्र तिनले कसलाई दिएर लाभ उठाउन सक्छन् र !

खोपको बिनिर्माणमा अन्य बिभिन्न औषधीहरुभन्दा बेग्लै यथार्थ खोपको ‘फर्मूला’ हुनेछैन । धेरैजसो औषधिहरुको बिषयमा अपेक्षाकृत साना साना रासायनिक अणु-मलिक्यूल)हरु नै महत्वपूर्ण यथार्थ कुरा हुन्छन् र तिनलाई सहजै पेटेण्ट पनि गर्न सकिन्छ । तर खोपको केन्द्रमा ठूला अणुहरु हुने गर्दछन् र ती जीवबिज्ञानको श्रेणीमा आउने गर्दछन् । तिनको बिनिर्माणको तालाचाबी त्यसको ‘फर्मूला’मा नभएर औद्योगिक आकार रस्तरमा त्यसको उत्पादनमा हुन्छ । जटील ठूला अणुहरु सटीक तरीकाबाट पटक पटक बनाइने प्रकृयामा रहेका हुन्छन् । यो टेक्निकल ‘नो हाउ’को बिषय हो, जसको हिफाजत पेटेण्ट अधिकारले गर्दैन बरु उल्टै ब्यापारिक रहस्य मातहतमा त्यसलाई बाकी मानिसहरुले बचाएर राखेका हुन्छन् ।हुन त यस्तो पनि होइन कि ती ब्यापारिक रहस्यसम्म पुग्न सकिदैन या सम्वन्धित प्रकृयालाई जान्ने कुनै उत्पादनकर्ताको मद्दतले यो काम गराउन सकिदैन । तर यस्तो काम गर्ने स्थितिमा सम्वन्धित कम्पनीले धेरै महँगो कानुनी कारबाहीको सामना गर्नुपर्ने हुनसक्छ । यसमा बिश्व ब्यापार संगठन अन्तरगतका कानुनहरु पनि पर्दछन् । अनि यस्तो कानुनी झमेलामा लाग्दा अमेरिका, यूरोपेली यूनियन र यूकेसम्मको एकतर्फी प्रतिबन्धको सामना गर्नु पर्ने पनि स्थिति आउन सक्छ ।

यी सबै कुराको परिणाम के हुनजान्छ भने फाइजर तथा अन्य ठूला औषधी कम्पनीहरुले मानिसहरुको जीन्दगीको मूल्यमा बेहिसाव श्रम बिनाको मुनाफा बटुलिरहने छन् । तिनको यो मुनाफा चुस्ने कुरामा यसबाट केही फरक पर्दैन कि अहिले पनि जारी महामारी र्सार्स-कोभ-२ भाइरसका नयाँ भेरिएण्टले उछालको रुप लिन सक्छ र यसरी महामारी आउदा दिनमा पनि बढ्न र फैलिन सक्छ । यहाँ उल्लेखनीय के छ भने अहिलेसम्म अफि्रकी महादेमा केवल २० प्रतिशत जनसँख्याले मात्र खोप लिन पाएका छन् । अनि अमेरिकामा यो खोपका बारेमा सोध्नेवाला कोही पनि छैन । यद्यपि बिश्वमा सबै मिलाएर यो खोप सबैलाई पुग्ने गरी उत्पादन गर्ने पर्याप्त क्षमता रहेको बिज्ञहरु बताउँदछन् ।सबैलाई खोप दिलाउन सकिने स्थिति छ । त्यसो गर्नु ठूला औषधी कम्पनीहरुको हितमा मानिदैन र छैन । तिनलाई त मानिसको जीन्दगीभन्दा आफ्नो मुनाफा बढी प्रियकर छ ।तिनलाई यस कुराको कुनै पर्बाह छैन कि यो अनगिन्ती मानिसको जीवन बचाउने कुरा मात्रै होइन, महामारीको नयाँ तथा अझ खतरनाक भेरिएण्ट फैलिने सम्भावनलाई कम गर्ने बिषय पनि हो ।

यस कुरालाई यसको परिपे्रक्षमा राखेर बुझ्नका लागि के कुरामा ध्यान दिइनु अप्रासांगिक हुदैन होला भने कोभिड-१९ महामारीको क्रममा नै फाइजरको मुनाफा मोटामोटीरुपमा दोब्बर भइसकेको थियो । त्यस मुनाफाको ठूलो अंश बायोन टेक फाइजर खोपकै कमाई हो भनेर औंल्याइएको छ । त्यस कम्पनीको तुलना देशहरुको कूल आयसँग गर्ने हो भने बितेको बर्षो आफ्नो ८१ अर्ब डलर आयको साथसाथै यो कम्पनीले इथोपिया, घाना तथा केन्या जस्ता ठूल्ठूला देशहरुको कूल जीडीपी आयलाई समेत धेरै पछाडि छोडिदिएको छ । खोपका अतिरिक परीक्षण गर्ने उपकरण तथा भाइरल बिरोधी औषधीहरुलाई पनि ठूला कम्पनीहरुको एकाधिकारले पनि महामारी बिरुद्ध उपचाररत मानिसहरुका लागि अझ महँगो तुल्याइदिन्छ भने अर्कोतिर ठूला औषधी कम्पनीहरुका लागि ठूलो नाफा पनि दिलाइदिन्छ ।

जेनेभामा सम्पन्न यो मन्त्रीस्तरीय बैठकमा एउटै छुटको कुरा मानिएको छ र त्यो छुट हो खोपको अनिवार्य अनुमति या लाइसेन्सका लागि । तर यो छुट परीक्षण उपकरण र एण्टी भाइरल औषधीहरुका लागि त कत्ति पनि दिइएन । त्यति मात्रै पनि होइन,यस निर्माण ब्यापार संगठनको मञ्चमा उठाइएका अन्य प्रश्नहरुमाथि त वास्तासम्म पनि गरिएन । जस्तो यो माग कि बिश्व ब्यापार संगठनद्वारा दिइने छूटमा अन्य सम्पदा अधिकार बिषयमा छुटेक कुरालाई पनि सामेल गरियोस् भन्ने कुराको पनि कुनै वास्ता गरिएन । जस्तो कि खोप निर्माणको रहस्य-राज) यसको ठूलो परिमाणमा उत्पादनका लागि बहुतै आवश्यक पर्दछ ।

बिश्व ब्यापार संगठनको यो मन्त्रिस्तरीय बैठकले परीक्षण सामाग्री तथा एण्टी भाइरल औषधीहरुको मामिलामा पेटेण्टबाट छुटको बिषयलाई छ महिना उता धकेलिदियो । अब यसको शायदै सम्भावना होला कि अति सम्पन्न देशहरु मन यस मामिलामा एकाएक पग्लेर परिबर्तन होला । आखिर त कोभिड महामारीको बितेको दुइ बर्षा लाखौं लाखको ज्यान लिएकै हो क्यारे !

प्रश्न छ, सम्पर्ूण्ा बिश्व जनसंख्यालाई खोप दिनु किन आवश्यक छ – साधारण शब्दमा भन्ने हो भने कोभिड – १९ भाइरसले संक्रमित हुनका लागि जति मानिस बाँकी रहेका छन् त्यतिनै यो भाइरसको नयाँ भेरिएन्ट फैलिने सम्भावनको खतरा रहन्छ । निसन्देह, धेरैजसो मानिसहरुले यो सोचेर आश्वस्त हुन सक्छन् कि यो भाइरस जति बढी परिबर्तित-म्यूटेड) हुन्छ त्यति नै बढी यो हानीरहीत पनि हुँदैजान्छ । चिकित्सा समुदायको एक हिस्सामा यो प्रबल धारणा रहेको पाइन्छ । तर जैबिक उद्बिकासका जानकारहरु भने त्यस्तो हुने कुराको साक्षी रहन चाहँदैनन् । यद्यपि लामो अबधिका लागि यसलाई साँच्चो मान्न सकिए पनि जस्तो कि प्रसिद्ध अर्थशास्त्री जोन मोर्डन केन्सको यस सम्बन्धमा चर्चित कथन छ कि ‘लामो समयमा त हामी मरिसकेका हुनेछौं’ ! जैब बैज्ञानिकहरुको लामो अबधिको हिसाब किताब यथार्थमा धेरै नै लामो पनि हुन सक्छ ।

पूरै बिश्वका लागि खोपको किन आवश्यकता छ त – याद रहोस् कि आज पनि कोभिड-१९ महामारीबाट हरेक दिन ७ लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् । यस्तो महामारीसँग हामी जहिलेसम्म रहन्छौ त्यति नै बढी यसको जोखिम मोलिरहेका हुनेछौं कि कुनै त्यस्तो नयाँ भेरिएण्ट आउने छ जुन ओमिक्रोन जत्तिकै संक्रामक हुन सक्छ तर त्योभन्दा पनि खतरनाक र प्राणघातक पनि हुन सक्छ ।भाइरसको संक्रमणशीलता त्यतिबेला सबैभन्दा बढी हुन्छ जब त्यसबाट संक्रमित रोगीहरुमा रोगका लक्षणहरु म्ाामोली नै लाग्ने गर्दछन् र त्यो सामाजिक तथा शारीरिकरुपले गतिशील हुन्छ र यसरी अरुलाई बढी संक्रमित तुल्याउन सक्छ । यसै अन्तरालमा भाइरस सबैभन्दा बढी फैलिन सक्छ । भाइरसले पीडित रोगी पछिबाट ठीक हुन पनि सक्छ या उसको मृत्यु पनि हुनसक्छ । यस संक्रमणबाट अरुलाई कुनै असर पुग्दैन । यद्यपि यसको आमरुपमा सामाजिक आरचरणमा असर पर्न सक्छ तर यसको समय गुज्रदै जाँदा भाइरस हानीरहीत हुने कुराको भने कुनै सम्वन्ध हुँदैन ।

निश्चय नै मानब समूहको रुपमा हाम्रा बीच समय गुज्रनकासाथ कुनै पनि भाइरस बिरुद्धको प्रतिरोधी क्षमता बढ्न सक्छ तर यही कुरा भाइरसको सम्वन्धमा पनि हुन्छ । यसको पनि क्षमता पनि बढ्छ । उदाहरणका लागि डेल्टा भाइरसको त्योभन्दा पहिलाको र्सार्स कोभ -२ को तुलनामा संक्रामकता बढी थियो भने ओमिक्रोनको इम्यूनिटी पर्खाल बढी पाइएको बिज्ञहरुले उल्लेख गरेका छन् । यसको अर्थ के हो भने ओमिक्रोनले यसभन्दा पहिलाको संक्रमणको या खोपबाट पैदा भएको हाम्रो प्रतिरोधकतालाई बढी सजिलै झेल्न सक्छ । निसन्देह यदि भाइरसको रुपान्तरण यसरी भएको होस् कि संक्रमणको आरम्भमा नै रोगी यत्तिको बढी बिमारी भएको होस् ऊ चल्न,फिर्न नै सक्तैन भने त्यस अबस्थामा अबश्य पनि भाइरहसको संक्रामकता कम हुनेछ या त्यो फैलने क्रम एक किसिमले रोकिने छ । तर र्सार्स-कोभ-२ भाइरसको आचरण त्यस्तो नदेखिएको जानकारहरु औंल्याउँदछन् ।

आउँदा केही बर्षरुमा र्सार्स-कोभ-२ भाइरसको कुनै किसमको रुप हुने सम्भावना छ – जस्तो कि रोग प्रतिरोधक बैज्ञानिक या इम्युनोलोजिस्टले बताउदै आएका छन् कि कुनै भाइरसको उद्बिकासको यात्रापथ यस्ता बिभिन्न कारकहरुको जटील अन्तरक्रियाबाट निर्धारित हुने गर्दछ, जसले भाइरसको उद्बिकासमाथि हाम्रो प्रतिरोधक प्रणालीको प्रतिकृयाकोरुप दिने गर्दछन् ।

यस कारण बर्तमान महामारीका लागि हाम्रो प्रत्युत्तर के हुन सक्तैन भने हामी भाइरस नै अझ बढी हानिरहीत हुदै जानेछ भनेर ढुक्क बसौं या मिथकीय झुण्ड प्रतिरोधकर्ता आउने प्रतिक्षा गदर्ँर्ैैहूँ । माहामारीको सामना गर्न र्सार्बजनिक स्वास्थ्य उपायकोरुपमा खोप महत्वपूर्ण हुन्छन् किनभने त्यसबाट नयाँ संक्रमणको संख्या घट्दछ र यसकारण आउदो संक्रमणको जरो नै काटिन्छ या छाटिन्छ । यद्यपि कल्पनीय भबिष्यमा हामीले आफ्नो खोपको बुस्टर डोज भाइरसको सामु आउने नयाँ नया भेरिएण्टहरुका लागि परिबर्तनकासाथ दोहोराइरहनु पर्ने हुनेछ ।

अब एण्टी भाइरल औषधीहरुको कुरा गरौं । बिज्ञहरुकाक माथि भनिएका कुराका आतिरिक्त कोभिड-१९ को उपचारकोरुपमा एण्टी भइरल औषधीहरुको पनि महत्वपूर्ण भूमिका हुन्छन नै । किनभने यसमा मृत्युदर घटाउन र कोभिडको लामो समयसम्म चल्ने दुष्प्रभावलार्य कम गर्नमा यसबाट निश्चितरुपमा मद्दत पुग्दछ । तर ती औषधीहरुमा पेटेण्ट अधिकारले गर्दा तिनलाई सहज उपयोगको कुरामा ब्यवधान पुग्दछ ।एण्टी भाइरल औषधीहरु यस बिमारका पहिला केही दिनका क्रममा दिइदा मात्र त्यसको सही असर हुन्छ अर्थात बढी फाइदादायक हुन्छ वास्तवमा जतिबेला यी औषधीहरु म्ाानिसहरुलाई कम मूल्यमा प्राप्त हुन् र औषधी पसलबाट मानिसहरुले किनेर प्रयोग गर्न सकुन् । तर यथार्थ सत्य के छ भने यी औषधीहरुको महँगो मूल्य र तिनकाथि पेटेण्टको कडा नियन्त्रणका कारण तिनको पर्याप्त ठूलो बजार पनि बन्न पाउँदैन । सीमित बजार र महँगो दामको बिषय ‘कुखुरा र अण्डा’को जस्तो सम्वन्धको हो । मूल्य उच्च हुन्छ किनभने बजार सानो या सीमित छ र बजार सानो रहन्छ किनभने मूल्य महँगो छ ।

जानकारहरु के भन्दछन् भने निश्चय नै एण्टी भाइरल औषधीहरुको खुला अनुमति पत्रको माध्यमबाट ठूलो बजार बन्न सक्छ । तर बिश्व ब्यापार संगठनले यही कुराको त अनुमति दिएको छैन । बिश्व ब्यापार संगठन अन्तरगत अनिबार्य अनुमति पत्रको बाटो धेरै नै दुरुह बनाइएको छ । अनि जेनेभामा भएको मन्त्रीस्तरीय बैठकमा यस मामिलामा पेटेण्टको प्रतिबन्ध जुन खुकुलो पारियो भनिएको छ त्यसको अर्थ के हो भने एड्सको उपचारमा सहयोगी रहेका देशहरुलाई पनि यसको उपयोग गर्न कुनै अनुमति दिइएको छैन ।

बास्तवमा धनी देशहरुले बन्द गरेर राखेका छन जीन्दगीको जीत हुने बाटो । यस्तो स्थितिमा यो प्रश्न अबश्य सोध्न सकिन्छ कि चीन, रुस, भारत तथा दक्षिण अफि्रका जस्ता उन्नत खोप बढाउने क्षमताले सम्पन्न देशहरु परस्पर एकजुट भएर बाकी सम्पर्ूण्ा बिश्वलाई यस चूनौतिको सामना गर्नका लागि आवश्यक प्रौद्योगिकी तथा उपकरण आपूर्ती उपलब्ध गर्न किन अघि र्सर्दैनन् – किन यी देशहरुले स्थानीयरुपले खोपको उत्पादन गर्नका लागि क्यूवा जस्तो ‘बायलोजिकल पावर हाउस’सँग हात मिलाउन अग्रसर भइरहेका छैनन् – उल्लेखनीय छ कि क्यूबाले कोभिड-१९ बिरोधी चारवटा खोप बिकास गरिसकेको छ । ती मध्ये दुइटाको ठूलो मात्रामा उत्पादन पनि भइसकेको या भइरहेको छ ।

यस प्रश्नको उत्तर अतिसम्पन्न देशहरुको क्लबद्वारा नियन्त्रित ‘नियममा आधारित अन्तर्रर्ााट्रय ब्यवस्था’ सँग जोडिएको छ । यस ब्यवस्थाको माध्यमबाट लागु गरिने नियमहरुमा रुस, क्यूबा, चीन आदि बिभिन्न देशहरुका बिरुद्ध प्रतिबन्ध पनि सामेल छन् । अनि कुन्र देशहरुका बिरुद्ध अहिलेसम्म यस्तो प्रतिबन्ध नलगाएको भए पनि भबिष्यमा यूरोपेली यूनियन, अमेरिका र यूकेले यस्तो प्रतिबन्ध नलगाउलान् भन्ने छैन । यसै तीन गुटको गिरोहबन्दीले बिश्व ब्यापार संगठनमा भारत र दक्षिण अफि्रकाको संयुक्त पहललाई पनि असफल तुल्याइदियो । याद रहोस्, अमेरिकाको आफ्नो घरेलु कानुन-३०१ समेत छ, त्यसलाई उसले आफ्नो ‘बौद्धिक सम्पत्तिको रक्षा गर्न बनाएको’ भन्छ ।त्यस अन्तरगत उसले अन्य देशलाई प्रतिबन्ध लगाउने डर देखाइरहन्छ । यस क्रममा हरेक बर्षचीन र भारतको नाम यस्तो अमेरिकी सूचिमा सबैभन्दा माथि हुने गर्दछ । त्यसका कानुन र कदम अमेरिकाका घरेलु कानुनसँग मेल खाँदैनन् ।

यस कारण अमेरिका तथा उसका मित्र देशहरु बिश्व ब्यापार संगठनमा आफु खुशी गर्न सफल नभए पनि आफ्ना कुरा मनाउन कथित ‘नियम आधारित ब्यबस्था’को सहारा लिन सक्तछन् । त्यसमा स्वयं उनीहरुले नै बनाएका नियम कानुन चल्दछन् । त्यतिले पनि काम चलेन भने अमेरिकाले आफ्ना घरेलु कानुनहरु पनि चलाउँदछ । ती पनि अमेरिकी अदालतको हिसावमा अन्तर्रर्ााट्रय नियम कानुनभन्दा माथि छन् । यस्तै छ हाम्रो नयाँ,साहसिक बिश्व जहाँ विनी ब्यान्यिमाको शब्दलाई अलिकति बदलेर भनिदा ‘मृत्युले जीन्दगीलाई मात’ दिइरहेको छ । लेखक नेकपा संयोजक हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार