असार ३०, २०८२ सोमबार July 14, 2025

हाम्रो फुटसल पत्रकार टिमलाई उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एनएफपिजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुटसल प्रतियोगिताको फाइनलमा हाम्रो फुटसल पत्रकार टिमले धादिङ टिमलाई  ४–२ गोलले हरायो ।

स्वस्तीश्री गुरुकूल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ टिम सहभागी थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), वरिष्ठ पत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, हाम्रो जन्मभूमि, नियात्रा टिभी, रेडियो पर्यावरण, फोटो पत्रकार संघ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार सङघलगायत टिमको सहाभागिता थियो ।

यसैगरी दोस्रो चरणमा जितेर आएको ६ टिम खेलेका थिए । सेमिफाइलनमा धादिङ फोटो पत्रकार समूह र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो । प्रतियोगिताको म्यान अफ दी म्याच वासु अवालले पाउनुभयो । उत्कृष्ट गोलरक्षक धादिङ फोटो पत्रकार सङ्घका श्रीकृष्ण भण्डारीले पाउनुभयो ।

विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्दै संस्थाको २५औं स्थापना दिवसका अवसरमा पत्रकार तथा फोटो पत्रकारबीच भाइचाराको सम्बन्ध विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उक्त कार्यक्रममा बीचवजार डटकम र स्वस्तीश्री गुरुकूल स्कुलको सहयोग थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार