असार ३०, २०८२ सोमबार July 14, 2025

साउन पहिलो साता एन्फा कार्यसमिति बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार)मा बस्ने न्युज कारखानालाई जानकारी दिए ।

राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग(एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँग अनौपचारिक छलफल गरेको हो । छलफलमा मिलेर जाने र आगामी कार्यसमितिको बैठकले जेसुकै निर्णय गर्नसक्ने महासचिव राईले बताए ।

‘उहाँहरूसँग अनौपचारिक छलफल भएको हो । हामीले २ साउनको कार्यसमितिले निर्णय लिन्छ भनेका छौं,’ राईले भने । एन्फा मुख्यालयमा भएको भेटमा एनएसएलतर्फबाट निर्देशक श्रेयन्स कार्की र सिइओ सुदीप शर्माको उपस्थिति थियो । यता, एन्फाबाट अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु) र महासचिव राई थिए ।

गत चैतमै हुनुपर्ने प्रतियोगिता विवादका कारण स्थगित छ । यद्यपि, अघिल्लो कार्यसमितिले प्रतियोगिता २१ भदौदेखि १० कात्तिकसम्म गर्न स्वीकृति दिएको छ । अब, प्रतियोगिता हुने या नहुने अथवा कुन स्तरको हुने यसबारे आगामी बैठकले तय गर्नेछ । जुन बैठक ६ असारमा निर्वाचित पदाधिकारीको दोस्रो हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार