असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदर्शनकारी भन्छन्– राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् ।

प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनिएको डेली मिरर पत्रिकाले जनाएको छ ।

यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् ।

सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन् । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।

राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार