बैसाख २६, २०८३ शनिबार May 9, 2026

नेपाल टेलिकमले ल्यायो प्याकेज सहितको आकर्षक विन्टर अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ। उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ जनाउँदै आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यो भन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ। जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ।

 अल टाइम डाटा प्याक
अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँ देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन्। यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ। यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ।

डे डाटा प्याक
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ। साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ। यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ।

नाइट डाटा प्याक
बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ। अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ।

सोसियल मिडिया प्याक
सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ। यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ। यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ।

युट्युब (स्ट्रिमिङ) डाटा प्याक
युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ। यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ। यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ।

डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ। त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ। यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ।

पोष्टपेड प्याक
जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ। यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ। सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ।

बिग डाटा प्याक
नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ। यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ।

कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु भने विन्टर अफरमा पनि यथावत् रहेका छन्।

पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा समेत उपलब्ध छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार