काठमाण्डौंः नासिर याह्या हुसेनले १० औं एन.एस.ए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप ३ स्वर्ण जितेका छन् । यो संगै उनको यस प्रतियोगितामा ५ स्वर्ण हात पार्न सफल भएका छन् ।
नेपाल पौडी संघले आयोजना गरेको पौडी प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायल, १०० मिटर ब्रेष्ट स्ट्रोक र १०० मिटर बटरफ्लाईमा सोमबार स्वर्ण जितेका हुन् ।
सातदोवाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायलमा २ मिनट ३.८० सेकेन्डका साथ स्वर्ण जितेका हुन् । दोश्रो भएका ईरभिन श्रेष्ठले २ मिनट ८.९४ सेकेन्डमा पुरा गरे । यस्तै तेश्रो स्थानमा रहेका तेन्जिन नामडोल रायन गुरुङ्गले २ मिनट ९.०३ सेकेन्डमा पुरा गरे ।
यस्तै १०० मिटर ब्रेष्ट स्ट्रोकमा नासिरले १ मिनट १२.४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । दोश्रो स्थानमा १ मिनट १२.६८ सेकेन्डमा दुरी पुरा गर्दै विकास कुमाल रहे । तेश्रो स्थानमा रहेका दिपङ्कर अवालेले १ मिनट १४.६० सेकेन्डमा दुरी पुरा गरे । १०० मिटर बटरफ्लाईमा नासिरले ५९.६० सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते ।
यस विधामा अनुभव सुब्बाले १ मिनट ००.२५ सेकेन्डमा दुरी पुरा गर्दै रजत र अल्भिन महर्जनले १ मिनट ५.२९ सेकेन्डका साथ कास्य पदक प्राप्त गरे । महिला तर्फ दुवाना लामाले २ स्वर्ण र एक रजत प्राप्त गरिन् । दुवानाले २०० मिटर फ्रिस्टायलमा २ मिनट १८.०५ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितिन् । निभा मास्केले २ मिनट १९.१५ सेकेन्डमा दुरी पुरा गर्दै रजत र अनुशिया तण्डुकारले २ मिनट २४.७० सेकेन्ड समयका साथ कास्य पाए ।
यस्तै उनले १०० मिटर ब्रेष्टस्ट्रोकमा १ मिनट १८.७७ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पाईन् । यस विधामा उपास्ती महर्जनले रजत प्राप्त गरिन् । उनले उक्त दुरी १ मिनट २३.६३ सेकेन्डमा पुरा गरिन् । तेश्रो स्थानमा रहेकी रोयल प्रजापतीले १ मिनट २६.६७ सेकेन्डमा दुरी पुरा गरिन् ।
दुवानाले १०० मिटर बटरफ्लाईमा निभा मास्के संग पराजित हुदै रजमा चित्त बुझाईन् । निभाले १ मिनट ९.५१ सेकेन्डमा साथ स्वर्ण, दुवानाले १ मिनट १२.३८ सेकेन्डका साथ रजत र सियरा सुभाङ्गी बजागाईले १ मिनट २४.१५ सेकेन्डका साथ कास्य पाईन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया