असार २६, २०८२ बिहिबार July 10, 2025

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । बैठक दिउँसो एक बजेपछि केन्द्रीय कार्यालय सानेपामा सुरु हुने नेपाली कांग्रेसले जनाएको छ ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारसहितलाई मुद्दा चलाएपछि कांग्रेसले संसदमा त्यसको विरोध गरिरहेको छ ।

यस्तै कांग्रेसका भातृसंगठनहरुले सडकमा अख्तियारले सत्तारुढ नेकपाका नेतालाई चोख्याउने गरी पक्षपाती रुपमा मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

यो परिवेशमा बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अर्थपूर्ण हुने जनाइएको छ । बैठकमा यहि विषयमा प्रमुखताका साथ छलफल हुने सम्भावना रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया