असार २४, २०८२ मंगलबार July 8, 2025

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्यष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानका दिवंगत पूर्वप्रधानमन्त्री सिन्जो आबेको मंगलबार जापानिज रितरिवाजअनुसार अन्त्यष्टि गरिएको छ । टोकियोको ज्योउजोजी मन्दिर परिसरमा अन्त्यष्टि गरिएको हो ।

अन्त्यष्टि गर्नु भन्दा पहिला आबेको शवलाई सत्तारुढ दलको कार्यलय, संसद् भवन तथा मन्त्रिपरिषदको कार्यालयहरुमा लगिएको थियो ।

मिनोतो वार्डमा रहेको ज्योउजोजी मन्दिर परिसरको चारैतिरको सडकमा जापानिज नागरिक सहित जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अन्त्यष्टिमा जापानका राजनैतिक दलका नेताहरु, जापानका उच्च तहका कर्मचारीहरु, विदेशी पाहुनाहरु शोकसभामा उपस्थित जनाएका थिए ।

आबेको शब बोकेको गाडीको अघिल्लो सिटमा आबेका श्रीमतीले सबैको अभिवादनलाई स्विकार गरेकी थिइन, आबेको शवलाई प्रधानमन्त्री कार्यालय पुर्याउँदा जापानका प्रधानमन्त्री फुमियो किसिदासहितका मन्त्रीहरुले पूर्वप्रम आबेलाई धन्यवाद भन्दै श्रद्धान्जली ब्यक्त गरेका थिए ।

जापानको सबैभन्दा लामो कार्यकाल गरेका आबेको हत्या भएपछि देश विदेशमा पनि शोकसभा आयोजना गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार