असार २४, २०८२ मंगलबार July 8, 2025

इरानले रुसलाई सयौं ड्रोन उपलब्ध गराउँदै छः अमेरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानले युक्रेन युद्धका लागि रसियालाई सम्भावित सयौं ड्रोनहरू उपलब्ध गराउने योजना बनाएको अमेरिकाले आरोप लगाएको छ ।

अमेरिकाले इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आरोप लगाएका छन् ।

इरानले रुसी सेनालाई ड्रोन उपलब्ध गराइसकेको भन्ने विषयमा अझै स्पष्ट भइनसकेको उनले बताए । इरानले अमेरिकाको दाबीलाई पुष्टि र अस्वीकार नगरी युद्धअघि रुससँग प्राविधिक सहयोग  भएको जनाएको छ ।

इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानी चाफीको भनाई उद्धृत गर्दै इरानको फार्स समाचार एजेन्सीले लेखेको छ, ‘अहिले यो सम्बन्धमा कुनै विशेष विकास भएको छैन ।’

युक्रेन र रुस दुवैको युद्धमा ड्रोनले महत्वपूर्ण  भूमिका खेलेको छ । गत हप्ता मात्र युक्रेनले आफ्नो युद्धलाई सहयोग गर्न हजारौं ड्रोन उपलब्ध गराउन अपील गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार