असार २४, २०८२ मंगलबार July 8, 2025

श्रीलङ्काका राष्ट्रपति माल्दिभ्समा प्रधानमन्त्री कार्यबाहक राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष बुधबार माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको छ ।

माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स जानुभएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपाक्षले सोमबार आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको र उक्त राजिनामा पत्र सभामुखलाई बुझाइने र राष्ट्रपतिको राजिनामाको औपचारिक घोषणा संसदबाट गरिने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयका एक अधिकारीले बताए ।

यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपत्कालीन अवस्थाको घोषणा गर्नुभएको छ ।

माल्दिभ्समा राष्ट्रपति गोटाबाया राजपाक्ष गएको खबरपछि सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरुले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको समाचारहरूमा जनाइएको छ । विबmमामसिङ्घेले दङ्गा मच्चाउनेहरूलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिनुभएको श्रीलङ्काको डेली मिरर पत्रिकाले जनाएको छ ।

श्रीलङ्काको विदेश मन्त्रालयका एक पूर्व सल्लाहाकारले भन्नुभयो, “हामी प्रधानमन्त्रीको पनि राजीनामा चाहन्छौं किनकि राष्ट्रपतिले राजीनामा दिएमा हाम्रो संविधानअनुसार प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्ने छन् ।

नागरिकले उनीहरू दुवै असफल भएको देखिसकेका छन् । उनीहरू दुबै पदच्युत हुनुको विकल्प छैन ।”रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार