असार २४, २०८२ मंगलबार July 8, 2025

श्रीलंका संकटः राजापाक्षेले छाडे माल्दिभ्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनताको ब्यापक अवरोध र विरोधपछि भागेर माल्दिभ्स पुग्नु भएका श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षले माल्दिभ्स पनि छाड्नु भएको छ ।

साउदी एयरलाइन्सको विमानबाट राजापाक्ष सिंगापुर तर्फ उड्नु भएको समाचार छ । श्रीलंका छोडेपनि अझसम्म राजापाक्षले आफ्नो पदबाट राजिनामा दिनु भएको छैन ।

राष्ट्रपति र प्रधानमन्त्री रणिल विक्रमसिंघेको राजिनामा माग्दै प्रदर्शनकारीहरुले राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गरिरहेका छन् । प्रदर्शनकारीहरुले संसद भवन समेत कब्जा गर्ने गरी अघि बढेपछि संसद भवनको सुरक्षा गर्न सेना परिचालन गरिएको छ ।

यसैबीच सरकारी भवनको कब्जा छोड्ने सम्बन्धमा अधिकारी र प्रदर्शनकारीका प्रतिनिधि बीच वार्ता भइरहेको छ । कार्यवाहक राष्ट्रपतिका रुपमा रहनुभएका प्रधानमन्त्री विक्रमसिंघेले सरकारी भवन खाली गराउन आवश्यक कारवाही अगाडि बढाउन सेनालाई आदेश दिनुभएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार