काठमाण्डौंः अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ ।
अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठूला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ ।
कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी ई–कमर्स कम्पनीले बताएअनुसार पछिल्लो विस्तारले आफ्नो स्थायी जनशक्तिलाई ७५ हजारमा पु¥्याउनेछ ।
यो नयाँ योजना बेलायतभरिका लागि लागूहुने छ । यस कम्पनीले उत्तरी इङ्गल्यान्डको गोन्स्ली र वेकफिल्डमा दुई नयाँ जनशक्ति भर्ति केन्द्रहरू खोल्ने तय गरेको छ ।
यो काम सफ्टवेयर विकास, उत्पादन व्यवस्थापन र इन्जिनियरिङमा संस्थागत तथा प्रविधि कार्यहरूमा पनि हुनेछ ।
बेलायतमा तीन वर्षमा यो योजनासहित४० हजार नयाँ रोजगारीको सिजना गर्ने अमेजनले बताएको छ ।
अमेजन बेलायतका कन्ट्री म्यानेजर जोन बोम्फ्रिजले भन्नुभयो, “स्वान्सीका सिकारुदेखि एडिनबर्गका डेटा वैज्ञानिकहरूसम्म गरी हामी लेवीमा लगानी जारी राख्दैछौं ।
यो घोषणा यस महिनाको अन्तमा अमेजनको दोस्रो त्रैमासिक आयभन्दा अगाडि आएको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया