असार ३०, २०८२ सोमबार July 14, 2025

भक्तपुरमा भोलि साइकलिङ च्यालेन्ज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले शनिबार साइकलिङ च्यालेन्ज गर्ने भएको हो ।

भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि सो कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ । सो च्यालेन्जलाई आयोजकले भक्तपुर कोरा २०२२ नाम दिइएको छ । त्यसनिमित्त आयोजकले ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरेका छन् ।

सो च्यालेन्ज अन्तर्गत हुने ५० किलोमिटरको च्यालेन्जमा आठ महिला र १२० पुरूषसहित १३८, ७५ किलोमिटरको च्यालेन्जमा ४५ पुरूष र २ महिला गरि ४७ र १ सय किलोमिटरको च्यालेन्जमा पुरूषतर्फ १०४ र ३ महिला गरि १०७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कूल २८२ जना साइकलयात्रीको सहभागिता रहने कार्यक्रम संयोजक सुनिल ख्याजूले बताए । साइकल यात्रा भक्तपुरको दरबार क्षेत्रबाट सुरू हुनेछ । यात्रा अन्तर्गत दरबार क्षेत्रबाट सिद्धपोखरी( निकोशेरा, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुफ गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुन भक्तपुर दरबार क्षेत्रमा समापन हुनेछ ।

च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी हुने आयोजकले जनाएको छ । च्यालेन्जलाई भक्तपुरको भिलेज हाईल्यान्ड रिसोर्ट, नेपाल इको प्यानललगायतले आर्थिक सहयोग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार