असार २४, २०८२ मंगलबार July 8, 2025

महिन्दा राजापाक्षेलाई देश छाड्न रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीलंकामा राजापाक्षेको राजनीतिक परिवारलाई एकपछि अर्को झट्का लागेको छ । श्रीलंकाको राष्ट्रपतिबाट गोटाबाया राजापाक्षेले राजीनामाको औपचारिक घोषणा गरेपछि सर्वोच्च अदालतले उनका दुई भाइ पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई देश छाड्न रोक लगाएको छ ।

गोटाबाय राजापाक्षे भने यसै साताको सुरुमा देश छाडेर माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । महिन्दा राजापाक्षेले दुई महिनाअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका भाइ तथा निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेको कार्यालय बाहिर प्रदर्शन गरिरहेका केही व्यक्तिमाथि आफ्ना समर्थकहरूले आक्रमण गरेपछि महिन्दाले राजीनामा दिएका थिए ।

महिन्दाको राजीनामापछि गोटाबाय राजापाक्षेले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।

तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले र त्यसको भोलिपल्ट सिंगापुर भागेका थिए । उनी सेनाको विमानमा माले पुगेका थिए ।

श्रीलंका टाट पल्टिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार