असार २४, २०८२ मंगलबार July 8, 2025

खाद्य असुरक्षा कम गर्न जी २० का नेता सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ग्रुप अफ २० (जि२०) का आर्थिक नेताहरुले हाल विश्वमा निकै समस्याका रुपमा देखा परिरहेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् ।

जि२० का अर्थमन्त्री र गभर्नरहरुको इन्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो निर्णय गरेको हो ।

जि२० का अर्थमन्त्री र गभर्नरहरुले अहिलेको अवस्थामा विश्वमा बढ्दै गएको खाद्य असुरक्षालाई कम गर्न र खाद्य सुरक्षाको अवस्थालाई सुनिश्चित गर्न आपसमा समन्वय गरेर काम गर्ने बताएका छन्  ।

युक्रेन सङ्कट र अन्य कारणहरुले हालैका दिनहरुमा विश्वमा खाद्य असुरक्षा एक ठूलो चुनौतीका रुपमा देखिएको बताउँदै उनीहरुले खाद्य असुरक्षा र यससँग सम्बन्धित अन्य विविध चुनौतीहरुको खोजी गर्ने त्यसलाई कम गर्नका लागिपर्ने बताएका हुन् ।

बालीमा सम्पन्न सो बैठकपछि आयोजक राष्ट्र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले भन्नुभयो-हामीले यस विषयमा आवश्यक छफफल गर्यौँ, यो समस्या समाधानका लागि हामी सबैको एउटै आवाज रहेको छ ।

उहाँले जि२० मा आबद्ध रहेका सबै देशहरुले खाद्यान्नको आपूर्ति व्यवस्थाको सञ्जाललाई आवश्यक मात्रामा सहजीकरण गर्नुपर्ने र हरेक देशको उत्पादन र वितरणको प्रक्रियालाई सहयोग गर्न एक संयन्त्रको विकास गर्नुपर्नेमा पनि जोड दिइएको बताउनुभएको थियो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार