असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा श्रीलंकामा संकटकाल घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघले संकटकाल घोषणा गरेका छन् । आइतवार राति जारी गरिएको सरकारी सूचनामा देशमा संकटकाल घोषणा गरिएको हो । आर्थिक संकटबीच विक्रमासिंघले पछिल्लो निर्णय गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा संकटकाल घोषणा गरिएको हो । २० जुलाईमा राष्ट्रपति निर्वाचन आयोजना हुँदैछ । पछिल्लो समयमा श्रीलंका अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ । संकटका कारण औषधि, इन्धन र खाद्यान्नको तीव्र अभाव छ ।

देशमा यसै साता ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे र विक्रमासिंघेको सरकारी निवासमा तोडफोड गरेका थिए । राजापाक्षेले देश छंोडेर गएपछि विक्रमासिंघे कार्यबहाक राष्ट्रपति बनेका थिए ।

श्रीलंकाको वर्तमान अवस्थाका लागि पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले कुप्रबन्धनलाई मुख्य दोष दिइएको छ । राजापाक्षेलाई हटाउनको लागि मुख्यतया फेसबुक, ट्विटर र टिकटक पोस्टमार्फत विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनप्रति ठूलो संख्यामा मानिसहरू आकर्षित भएका थिए ।

अल्पसंख्यक तमिल र मुस्लिम बहुसंख्यक सिंहालीहरू राजापाक्षेलाई हटाउने आन्दोलनमा सामेल भएका थिए । हजारौं मानिसहरूले राजापाक्षको कार्यालय अगाडि शिविर खडा गरे । श्रीलंकाको संविधानअनुसार राजापाक्षेको राजीनामापछि प्रधानमन्त्री रनिल विक्रमासिंघे स्वतः कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका थिए ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार