असार २४, २०८२ मंगलबार July 8, 2025

अस्ट्रेलियाको डढेलोमा मृत्यु र विस्थापित जनाबरको संख्या ३ अर्ब: प्रतिवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ । डढेलो र खडेरीले थप प्रजातिहरू लोप हुने दिशामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

वातावरणीय अवस्थाको पाँच–वार्षिक प्रतिवेदनले भूमि र समुद्रमा वैज्ञानिकहरूले चित्रण गरेको वनस्पति र जीवजन्तुको ‘खराब र बिग्रँदै गएको’ अवस्थालाई उल्टाउन नाटकीय कार्यको लागि आह्वान गरेको छ ।

२०औं शताब्दीको सुरुदेखि नै अस्ट्रेलियाको औसत जमिनको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस तातो बनाउने जलवायुले क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।
‘दबावलाई पर्याप्त रूपमा व्यवस्थापन गर्न नसक्दा प्रजातिहरू लोप हुने क्रम जारी रहनेछ’ वैज्ञानिकहरूले प्रतिवेदनमा चेतावनी दिएका छन् ।

अष्ट्रेलियाका वातावरणमन्त्री तान्या प्लिबर्सेकले यो ‘चकित पार्ने दस्तावेज’ भएको बताइन् । उनले अगाडि थपिन्, ‘यसले अष्ट्रेलियाको वातावरणमा संकट र गिरावटको कथा बताउँछ’, उनले भनिन् ।

पूर्ववर्ती कन्जरभेटिभ सरकारको नेतृत्वमा डिसेम्बर २०२१ मा रिपोर्ट प्राप्त भए पनि त्यो सार्वजनिक नभएको वामपन्थी लेबर पार्टीका सदस्य प्लिबर्सेकल बताइन् । मे महिनामा अस्ट्रेलियामा निर्वाचन सम्पन्न भएको थियो ।

अस्ट्रेलियामा सन् २०१९ देखि सन् २०२० को ‘बुस फायर’मा  ८० लाख हेक्टर भन्दाबढी देशी वनस्पति जलेको र १ देखि ३ अर्ब जनावर मारिएको वा विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

 सन् १९९० यता लाखौं हेक्टर प्राथमिक वन फडानी गरिएको प्रतिवेदनमा उल्लेख छ । अस्ट्रेलियाको वातावरण संरक्षण कानुन मूल्यांकन नगरी सन् २००० र २०१७ को बीचमा खतरामा परेका प्रजातिको ७० लाख हेक्टरभन्दा बढी बासस्थान खाली गरिएको थियो ।

पाँच वर्षमा अष्ट्रेलियाको वातावरणीय कानुनअन्तर्गत खतरामा परेका प्रजातिहरूको सूचीमा राष्ट्रिय महत्वका २०० भन्दा बढी वनस्पति र जनावरका प्रजातिहरू थपिएका छन् ।

‘अष्ट्रेलियाले अन्य कुनै पनि महादेशको तुलनामा धेरै स्तनधारी प्रजातिहरू गुमाएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘नयाँ प्रजातिहरूको संख्या पाँच वर्षमा आठ प्रतिशतले खतरामा परेको छ । ’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार