असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा विपक्षीद्धारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा विपक्षी दलहरूको तर्फबाट उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले मार्गरेट अल्भाको उम्मेदवारी दर्ता भएको पुष्टि गरेको छ । उहाँलाई विपक्षी दलहरूको समर्थन रहेको जनाइएको छ ।

उहाँले उम्मेदवारी दर्ता गर्ने बेलामा कांग्रेसका पूर्व अध्यक्ष तथा सांसद राहुल गान्धी, नेता माल्लिकार्जुन खड्गे, एनपीसी प्रमुख शरद पावर लगायतका विपक्षी दलका नेताहरूको उपस्थिति रहेको थियो ।

राजस्थानका पूर्व गभर्नर तथा पूर्व केन्द्रीय मन्त्री अल्भालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय विपक्षी दलहरूले आइतबार गरेका हुन् । विपक्षी दलहरूले आफूहरूको साझा उम्मेदवारको रुपमा उहाँलाई अगाडि सारिएको बताएका छन् ।

अल्भालाई उम्मेदवार बनाउने बारेमा विपक्षी पार्टीहरूका बीचमा कुनै विवाद नभएको र उहाँ सर्वसम्मत उम्मेदवार हुनु भएको नेता पावरले जानकारी दिनुभयो । उपराष्ट्रपतिका लागि विपक्षीहरूको साझा उम्मेदवार छनौट गर्न उहाँकै निवासमा विपक्षी दलका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

आगामी अगस्ट ६ मा हुने उपराष्ट्रपति चयनको निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको थियो ।

वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार