असार ३१, २०८२ मंगलबार July 15, 2025

स्वास्थ्यको लागि खेल महत्वपूर्ण : खेलकुदमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्व छ भन्नुभयो ।

उहाँले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

सातदोबाटोको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आज सम्पन्न मैत्रीपूर्ण खेलमा खेलकुद पत्रकार मञ्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गर्दै विजयी भयो ।

उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिएको थियो । मञ्चको जितमा वासु अवाल र दिल तामाङले समान दुई÷दुई गोल गरे भने अभिनव जोशीले एक गोल थपे ।

यता अन्नपूर्णका लागि भने सन्तोष खड्काले दुई गोल गर्दा नीराजन श्रेष्ठ र नरेश खड्काले १÷१ गोल थपे ।  विजेता टोलीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य एवं प्रशिक्षक राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गर्नुभयो ।

मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यको प्रशंसा गर्नुभयो ।

अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफूहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।

सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबका कप्तान सन्तोष खड्काले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार