असार २४, २०८२ मंगलबार July 8, 2025

जापानसँग सम्बन्ध सुधार गर्ने दक्षिण कोरियाली चाहना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाले जापानसँग सम्बन्ध सुधार गर्न चाहेको बताएको छ । दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनले जापानका प्रधानमन्त्री फुमियो किशिदालाई आज भेटेर राष्ट्रपति युन सुक्योलको उक्त चाहना व्यक्त गरेका हुन् ।

जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको तथा द्विपक्षीय सम्बन्धलाई सुधार्ने प्रयास गरिएको विदेशमन्त्री पार्कले पत्रकारहरूलाई बताए । युद्धकालका श्रम र यौन दासत्वका साथै व्यापारका विषयमा पनि आफूहरूबीच छलफल भएको उनले जनाए ।

सोमबार पार्कले  जापानी विदेशमन्त्री योशिमासा हयाशीसँगको भेटवार्तामा सम्बन्ध पुनःस्थापनामा जोड दिएका थिए । सन् १९१०–१९४५ मा कोरियाली प्रायद्वीपमा जापानको आधिपत्य रहेका बेला श्रम गर्न बाध्य भएका कोरियालीहरूसँग सम्बन्धित मुद्दाहरूको शीघ्र समाधानका निम्ति दुवै पक्षले सहमति जनाएका थिए ।

दोस्रो विश्वयुद्धमा जापानी सेनाले कोरियालीसहित अन्य एसियाली देशका हजारौं केटी र महिलालाई  अपहरण गरेर यौनदासी बनाएका थिए । यौन दासत्व स्वीकार गर्न बाध्य भएका महिलाले न्याय पाउनुपर्नेमा कोरियाले जोड दिँदै आएको छ । कैयौँ यौनदासीको न्याय नपाइ मृत्यु भइसकेको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार