मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

१९ वर्षपछि भारतलाई ज्याभलिङ थ्रोमा पदक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतीय ज्याभलिङ थ्रो खेलाडी निरज चोपडाले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा रजत पदक जितेका छन् । अमेरिकामा जारी प्रतियोगितामा इतिहास रज्दै हरियाणाका २४ वर्षीय निरजले सन् २००३ पछि भारतलाई च्याम्पियनसिपमा पहिलो मेडल जिताएका हुन् ।

फाइनलमा उनले ८८.१३ मिटर थ्रो गरे । विजेता बनेका एन्डरसन पिटर्सले ९९.५४ वेष्ट थ्रोका साथ स्वर्ण पदक हात पारे ।

यसअघि, भारतले च्याम्पियनसिपमा एक मात्र मेडल हात पारेको थियो । सन् २००३ मा एथलेटिक्सका अञ्जु बाँबी जर्जले कास्य पदक जितेकी थिइन् । १९ वर्षपछि भारतले च्याम्पियनसिपमा दोस्रो पदक प्राप्त गरेको छ ।

निरजले टोक्यो ओलम्पिकमा भारतलाई ज्याभलिङ थ्रोमा पहिलो स्वर्ण पदक जिताएका थिए । ओलम्पिक इतिहासमा भारतलाई पहिलो ऐतिहासिक स्वर्ण पदक जिताउन निरजले ८७.५७ मिटर थ्रो गरेका थिए ।

विश्व च्याम्पियनसिपमा रजत पदक जिताएसँगै अहिले हरियाणास्थित निरजको जन्मस्थानमा बाजागाजासहित हर्सोल्लास छाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार