असार २५, २०८२ बुधबार July 9, 2025

सोमालिया पठाउने मानवीय सहायता रोकिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहायता संस्थाहरुले सोमालियाका लागि पठाउँदै आएको मानवीय सहायता रोकिन सक्ने बताएका छन् । आर्थिक सहायताको अभावका कारण सो सहयोग रोकिन सक्ने अवस्था आएको ती सहायता संस्थाहरुले जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले पनि आइतबार सो कुराको जानकारी गराएको छ । आवश्यक सहयोगको अभावमा ती सामग्री रोकिन लागेको संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले जानकारी दिएको छ ।

आर्थिक कोषको अभावमा खासगरी अहिले सोमालिया पठाइँदै आइएका खाद्यान्न, आवश्यक औषधिजन्य सामग्रीहरुका साथै बालबालिकाका लागि वितरण गर्दै आएको पोषणसम्बन्धी कार्यक्रमका वस्तुहरु पनि रोकिनसक्ने सो संस्थाले जनाएको हो ।

सोमालियामा आन्तरिक द्वन्द्व र व्यापक मात्रामा परेको खडेरीका कारण यहाँका नागरिकलाई पोषणयुक्त खाद्यान्न तथा आवश्यक औषधिसमेत संयुक्त राष्ट्रसङ्घीय एजेन्सीेको समन्वयमा विभिन्न दाताहरुले आपूर्ति गर्दै आएका छन् ।

सोमालियाका ७७ लाख नागरिक गएको कम्तीमा एक दशकदेखि खाद्यान्न अभावको समस्यामा परेका थिए । यस सहायताबाट उनीहरुलाई ठूलो राहत मिलेको बताइएको थियो ।
यहाँ परेको खडेरीले ठूलो संख्याका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको छ । खडेरीका कारण पानीको समस्या भोग्न उनीहरु बाध्य छन् ।

एक रिपोर्ट अनुसार यहाँका नौ लाख भन्दा बढी नागरिक त पानीको अभावका कारण पानी खोज्ने क्रममा आन्तरिक रुपमा विस्थापित भएर अन्यत्रै सरेका बताइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया