असार २५, २०८२ बुधबार July 9, 2025

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा आज बिहान शक्तिशाली ७.१ म्यानिट्यूडको भूकम्प गएको छ ।

भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस भएको थियो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ ।

भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन। भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सर्तक रहन भने आग्रह गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया