असार ३१, २०८२ मंगलबार July 15, 2025

नवौं राष्ट्रिय खेलकुद : तनहुँमा खेलमैदान निरीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिले तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपति खेलमैदानको निरीक्षण गरेको छ ।

उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको नेतृत्वमा आज खेलमैदानको निरीक्षण गरिएको हो ।

उपसमितिले खेलमैदानको निरीक्षण गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विकसँग छलफलसमेत गरेको छ । सो प्रतियोगिताअन्तर्गत तनहुँमा क्रिकेट खेल सञ्चालनका लागि खेलमैदानको सम्भाव्यता अध्ययन गरिएको बताइएको छ ।

राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजनाका लागि नगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने उपप्रमुख विकले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“शुक्लागण्डकीमा खेलकुद प्रतियोगिता आयोजना गरिनु गौरवको विषय हो, यसका लागि नगरपालिकाका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँ क्रिकेट खेल सञ्चालनका लागि मैदान उपयुक्त देखिएको छ ।

करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।

खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरिरहेको छ ।पोखराका विभिन्न ठाउँमा खेलमैदानको निरीक्षणपश्चात् उक्त टोली तनहुँ आइपुगेको हो ।

राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखराबाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार