असार २६, २०८२ बिहिबार July 10, 2025

आज जनयुद्धको २५औं दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस आज मनाइँदैछ। जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता-कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन्।  सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो।

द्वन्द्वरत माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२/६३ मा भएको जनआन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकले नेपालबाट राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो।

रुकुमबाट यसरी सुरू भएको थियो जनयुद्ध 

अन्तरिम संविधान, पहिलो र दोस्रो संविधानसभा, संविधान घोषणा, स्थानीय/प्रदेश/संघको निर्वाचन हुँदै नेपाल अहिले राजनीतिक संक्रमणको दायराबाट क्रमशः बाहिर निस्कँदैछ।  जनयुद्धको नेतृत्व गरेका तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साविकको एमालेसँग पार्टी एकीकरणपश्चात हाल सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष छन्।

जनयुद्ध सञ्चालन गर्ने मातृ पार्टी नेकपा माओवादी पटक-पटक पुनर्गठन र विघटन व्यहोर्दै अहिले विभिन्न समूहहरुमा टुक्रिएको छ। मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लवदेखि गोपाल किराँतीसम्मले पूर्व माओवादी आन्दोलनकै पृष्ठभूमी समात्दै फरक समूहहरुबाट राजनीति अघि बढाएका छन्।  १० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीहरुले ज्यान गुमाएको थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार