असार २५, २०८२ बुधबार July 9, 2025

यमनमा युद्धविरामपछि पनि भिडन्तहरुमा ८१ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : यमनमा यहाँको सरकार र हुथी विद्रोहीहरुका बीचमा जारी भएको युद्धविरामका क्रममा पनि कम्तीमा पनि ८१ जनाको ज्यान गएको बताइएको छ । हिंसात्मक विद्रोह जारी रहेको यहाँ गत अप्रिल २ बाट युद्धविराम सुरु भएको थियो ।

अन्तर्राष्टिय रुपमा मान्यता प्राप्त यमनी सरकार र यहाँका हुथी विद्रोहीका बीचमा शान्तिपूर्ण वार्ताका माध्यमबाट हिंसा अन्त्यको मार्ग खोज्नका लागि युद्धविराम भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा यहाँ युद्धविराम भएको थियो । तर सो युद्धविरामपछि पनि यहाँका हुथी विद्रोहीहरुले हिंसाको अन्त्य गरेका छैनन् ।

अप्रिल २ तारिखमा भएको सो युद्धविरामपछि पनि यहाँ हुथी विद्रोहीहरुले आक्रमण जारी नै राखेका र यसमा परेर कम्तीमा पनि ८१ जनाको ज्यान जानुका साथै अरु ३३१ जना घाइते भएका पाइएको छ ।

अधिकारीहरुले ज्यान जानेमा सुरक्षाकर्मी र सर्वसाधारण नागरिक पनि परेका बताएका छन् ।

यमनका विदेशमन्त्री अहमद अवाद बिन मुबारकले यमनी सरकारले संयुक्त राष्ट्रसंघको मध्यस्थताको युद्धविराम इमान्दारिताका साथ पालना गरेको तर हुथी विद्रोहीहरुले भने आक्रमणलाई जारी नै राखेका बताउनुभएको छ ।

बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हुथीहरुलाई युद्धविरामको पालना गर्न आग्रह पनि गर्नुभएको थियो । यमनमा केही वर्षदेखि हुथी विद्रोहीहरुले हिंसात्मक विद्रोह गरिरहेका छन् । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया