असार २५, २०८२ बुधबार July 9, 2025

भारतमा एकै दिन बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ

विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम मात्र रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ । देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई  १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७  पुगेको छ ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार  दुई सय ११ जनाको मृत्यु भएको छ ।

महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ ।

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार