असार २५, २०८२ बुधबार July 9, 2025

युक्रेनी कैदीको मृत्युको अनुसन्धान गर्न रुसको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसले मस्को समर्थित पृथकतावादीहरूले राखेको जेलमा दर्जनौं युक्रेनी कैदीहरूको मृत्युको छानबिन गर्न संयुक्त राष्ट्र संघ र रेड क्रसका विशेषज्ञहरूलाई आमन्त्रित गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

एक विज्ञप्तिमा मन्त्रालयले यसै साताको सुरुमा जेलमा भएको आक्रमणलाई ‘वस्तुनिष्ठ अनुसन्धान सञ्चालन गर्ने हितमा’ काम गरिरहेको बताएको छ ।

रुस समर्थित पृथकतावादीहरूले मृतकको कुल संख्या ५३ रहेको जनाएको छ ।

किभले जेलमा रकेट प्रहार गरेको उसले आरोप लगाउँदै आएको छ । तर, युक्रेनको सशस्त्र बलले आक्रमण अस्वीकार गरेको छ । रुसी गोलाबारीले जेललाई निशाना बनाएको उसले आरोप लगाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया