असार ३१, २०८२ मंगलबार July 15, 2025

ए डिभिजन लिगका लागि बोलाइएको बैठक दोस्रोपटक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिग तयारीका लागि बोलाएको बैठक दोस्रो पटक स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस सिजनको ए डिभिजन लिगका लागि आइतबार बैठक बोलाएको थियो । तर, सहभागी १४ क्लबलाई एन्फाले बैठक स्थगित भएको जानकारी बिहान मात्र मेलमार्फत गराएको हो ।

एन्फा महासचिव किरण राईले आइतबार बोलाइएको बैठक स्थगित भएको न्युज कारखानालाई बताए । ‘आजलाई तय बैठक स्थगित भएको छ,’ राईले भने । राईले आफू अस्वस्थ भएका कारण बैठक स्थगित भएको जनाएका छन् ।

यसअघि एन्फाले गत शुक्रबारलाई बैठक बोलाएको थियो । तर, सो बैठकसमेत स्थगित भएको थियो । ‘लगातार दुई पटक बैठक बोलाउनु भयो । तर, दुबै स्थगित भनेका छन् । कार्यसमितिको झैँ लिगको समेत दुई पटक स्थगित भइसकेको छ । के गरेका हुन् थाहा छैन ?,’ सहिद स्मारक लिग क्लबका एक प्रतिनिधि न्युज कारखानासँग भन्छन् ।

पंकजविक्रम नेम्बाङ ६ असारमा एन्फाको अध्यक्षमा निर्वाचित भएयता एन्फाको वैधानिक बैठक बस्न सकेको छैन । यसअघि दुई पटक कार्यसमिति बैठक बोलाए पनि बस्न सकेन । २ साउनमा बोलाइएको पहिलो बैकठमा अध्यक्ष नेम्बाङ एक्कासि अवस्थ भएपछि बैठक स्थगित गरिएको थियो । साउन ४ मा बसेको दोस्रो बैठक समेत एजेन्डामा प्रवेश नगरी स्थगित भयो । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केदारमान थाइल्यान्ड जाँदै – राखेपसदस्य-सचिव घिसिङले गरे विदाई
२०८२ असार ३१, मंगलबार
तेस्रो टेस्टमा वेस्ट इन्डिज २७ रनमै समेटिँदा अस्ट्रेलियाको शानदार जित, स्टार्क चम्किए
२०८२ असार ३१, मंगलबार
दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई
२०८२ असार ३१, मंगलबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ असार ३१, मंगलबार
साफ यू-२० महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै
२०८२ असार ३१, मंगलबार
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार