काठमाण्डौंः युक्रेनको युद्धका कारण क्रेमलिनको विशेष दूतको पद छोडेका अनातोली चुबैसलाई स्नायु प्रणालीमा असर गर्ने दुर्लभ अटोइम्युन डिसअर्डरका कारण अस्पताल भर्ना भएका छन् । चुबैसलाई गुइलेन–ब्यारे सिन्ड्रोम भएको छ । यसले रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउछ ।
मार्चमा राजीनामा दिएर तुरुन्तै रुस छाडेका ६७ वर्षीय चुबैसलाई युरोपमा कुन अस्पतालमा भर्ना गरिएको छ भन्ने बारेमा स्पष्ट भएको छैन् ।
कुनै समय पूर्वराष्ट्रपति बोरिस येल्तसिनको प्रमुखको रूपमा काम गरेका चुबैसले राजीनामा गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धका लागि विशेष प्रतिनिधिको रूपमा काम गरेका थिए ।एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया