असार ३१, २०८२ मंगलबार July 15, 2025

महिला युरोकपको उपाधि इङ्ल्यान्डको पोल्टामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आयोजक इङ्ल्यान्डले पहिलो पटक महिला युरोकप फुटबल उपाधि जितेको छ । घरेलु मैदान वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

इङ्ल्यान्डलाई जिताउन  एला टोन र क्लोइ केलीले गोल गर्नुभयो । जर्मनीकी लिना मागुलको गोल सान्त्वना बन्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६२औं मिनेटमा एला टोनले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । तर ७९औं मिनेटमा जर्मनीकी लिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । निर्धारित ९० मिनेटमा बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पुगेर इङ्ल्यान्डले निर्णायक गोल गरेको थियो ।

११०औं मिनेटमा क्लोइ केलीले गोल गर्दै इङ्ल्यान्डलाई युरोकप उपाधि दिलाउनुभयो । तेस्रो पटक फाइनलमा स्थान बनाएको इङ्ल्यान्डको यो पहिलो उपाधि हो । यसअघि इङ्ल्यान्ड सन् १९८४ र २००९ मा फाइनलमा पुगेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार