असार ३१, २०८२ मंगलबार July 15, 2025

नेपालगन्ज म्याराथन मङ्सिर पहिलो साता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आठौं धारा नेपालगन्ज म्याराथन आगामी मङ्सिरमा हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले सोमबार प्रेस विज्ञप्ति निकाल्दै म्याराथन प्रतियोगिता मङ्सिर ३ गते शनिबार आयोजना गर्ने उल्लेख गरेको छ ।

म्याराथनका लागि खेलाडी दर्ता प्रक्रिया असार १५ गतेदेखि सुरु भएको बताइएको छ । म्याराथनमा विभिन्न १० स्पर्धा समावेश गरिएको म्याराथनका संयोजक टीएस ठकुरीले जानकारी दिनुभयो । पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१ किमी), १० किमी पुरुष खुला, ५ किमी महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुलस्तरीय छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेरसमूह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।

स्कुलस्तरीय दौड बाँके जिल्लास्तरीय मात्र हुनेछ । संयोजक ठकुरीका अनुसार यस पटक कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ । यसअघिल्लो संस्करणमा पुरुषतर्फ म्याराथन उपाधि एपीएफका किरणसिंह बोगटी र महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार