असार ३१, २०८२ मंगलबार July 15, 2025

शारीरिक सुगठनमा रजत तथा कास्य पदक विजेतालाई नगद पुरस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हालै सम्पन्न ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले पुरस्कार प्रदान गरेको छ ।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले एक समारोहका बीच आफ्नो व्यक्तिगत रूपमा रजत पदक विजेतालाई नगद १ लाख ५० हजार तथा कांस्य पदक विजेतालाई नगद  ७५ हजार पुरस्कार प्रदान गरेका हुन् ।

सोही अवसरमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका प्रथम उपाध्यक्ष विजय लाल कायस्थले विजेता खेलाडीहरूलाई क्रमशः नगद  २० हजार र १० हजारले पुरस्कृत गरे ।

नेपालले ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप प्रतियोगिता आगामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौमा आयोजना गर्दैछ ।  नेपाल एक न्युट्रल भेन्यू भएकोले एसियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता रहने जानकारी गराइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार