असार २५, २०८२ बुधबार July 9, 2025

भारतमा उपराष्ट्रपति निर्वाचन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान  सुरु भएको छ ।

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ । नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ ।

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया