असार ३१, २०८२ मंगलबार July 15, 2025

अन्तिम टी २० मा भारतको सहज जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतले पाँचौँ टी२० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौ खेलमा निकालेको जितपछि भारतले शृंखला ४-१ ले जित्यो ।

भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.४ ओभरमा मात्र एक सय रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि सिमरोन हेटमायरले ३५ बलमा पाँच चौका र चार छक्का मद्दतमा ५६ रन जोडे । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनको योगफल तयार पारेको थियो । भारतका लागि श्रेयष एैयरले ४० बलमा आठ चौका र दुई छक्काकाे मद्दतमा ६४ र दिपक होड्डाले ३८ रन जोडे ।

वेस्ट इन्डिजका ओडिन स्मिथले तीन तथा डोमिनिक डार्क, जेसन होल्डर र  हेडेन वाल्सले समान एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार