कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गायीका स्मृति गौतमको ‘अल्लारे माया-२’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काँठे लोक दोहोरी गायीका स्मृति गौतमको नयाँ गीति एल्वम ‘अल्लारे माया–२’ सार्वजनिक भएको छ। वरिष्ठ गायीका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित एक कार्यक्रममार्फत गीत विमोचन गरिएको हो।

यसअघि गायीका गौतम र गायक प्रताप दासको स्वरमा ‘अल्लारे माया’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीतको सफलतापछि दर्शक र श्रोताको मायालाई कदर गर्दै आफूले अल्लारे माया–२ बजारमा ल्याएको कार्यक्रममा गौतमले बताइन्।

गौतमको जन्मदिनको अवसर पारेर गीत विमोचन कार्यक्रम आयोजना गरिएको थियो। विमोचन कार्यक्रममा राणाले मौलिक र मोर्डन दुवैको समिश्रणबाट बनेकोले रचना मन परेको बताउँदै सफलताको शुभकामना दिएकी थिइन्।

गायीका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, अल्लारे माया, सानी मायालु, लगायतका गीतहरु बजारमा उपलब्ध छन्। गौतम ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी गायीका हुन्। ‘पानबुट्टे चोली’ नामक गितबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
म्यानपावरको विवादले प्रमुख श्रम बजार बन्द
२०८३ कार्तिक १२, बिहिबार