असार २५, २०८२ बुधबार July 9, 2025

दक्षिण कोरियामा कोरोना संक्रमित बढेको बढ्यैः एकैदिन एक लाख २८ हजार बढीमा सङ्क्रमण, ८ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको छ ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर चार सय ५३ पुगेको छ । सोही अवधिमा थप ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार चार सय ९९ पुगेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया