मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न गरिएको छ । एन्फा सहयोग र जिल्ला फुटबल सङ्घ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्ष प्रदेश राजधानी सुर्खेतमा आज सम्पन्न भएको हो । उक्त कार्यक्रममा कम्युनिटी कोचिङ कोर्ष एन्फाका केन्द्रीय सदस्य रविन चन्दले आधारभूतरूपमा दिइएको प्रशिक्षक कोर्षसम्बन्धी तालिमले खेल र खेलाडीका लागि विकास एवं अवसर दुवै हुने बताउनुभयो ।

कम्युनिटी कोर्ष गरेपश्चात् क्लबसँग समन्वय गरी अगाडि बढ्ने जनाउँदै केन्द्रीय सदस्य चन्दले आगामी प्रशिक्षणमा पनि एन्फाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विषम परिस्थितिका बाबजुद डी लाइसेन्स केन्द्रित प्रशिक्षण भएपनि सी, बी र त्यो अगाडिको चरणमा पुग्न एन्फाले सहयोग गर्ने उहाँको भनाइ थियो ।

“प्रशिक्षण लिएका प्रशिक्षार्थीले अब भने स्तरोन्नतिका लागि लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “यो खालको प्रशिक्षण फुटबल सङ्घ सुर्खेतका लागि नौलो अनुभव हो ।” कर्णाली प्रदेशमा पहिलोपटक आयोजित प्रशिक्षणले फुटबल क्षेत्रमा विकासमा ठूलो सहयोग पुग्ने एन्फाका सदसय सञ्जिव सिंहले बताउनुभयो ।

उहाँले सुर्खेतबाट श्रीलङ्का जाने क्याम्पमा धनसिं विकजस्ता खेलाडी छनोट हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्कृष्ट खेलाडी उत्पादन र खेल प्रदर्शनका लागि चार दिनसम्म दिइएको प्रशिक्षण उपलब्धिमूलक हुनेछ । खेल जगत्को विकासमा भने कर्णालीमा सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्दछ ।”

प्रशिक्षक एवं एन्फा सदस्य नवीन महर्जन तथा सैनिक आवासीय विद्यालय सुर्खेतका प्राचार्य प्रेमबहादुर विश्वकर्माले प्रशिक्षणले खेल क्षेत्रमा आकर्षण बढ्ने बताउनुभयो । सहभागीको प्रतिनिधित्व गर्दै सुर्खेतका खेलाडी अस्मिता नेपालीले प्रशिक्षणमार्फत नेतृत्व र प्राविधिक दुवै कुरा सिकाएको भन्दै प्रशिक्षण निकै उपलब्धिमूलक भएको जनाउनुभयो । उक्त कार्यक्रममा साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ३० जना खेलाडीको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार