असार २६, २०८२ बिहिबार July 10, 2025

पूर्व सभामुख महराले सफाइ पाएको संसदमा जानकारी, अब संसद बैठकमा सहभागि हुन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जवरजस्ती करणी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ। मंगलबार बसेको प्रतिनिधसभाको बैठमा सभामुख अग्‍नि सापकोटाले दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा अदालतबाट सफाइ पाएर सोमबारै डिल्ली बजार कारागारबाट रिहा भएको जानकारी गराएका हुन्।

महराबारेमा अदालतको फैसलाको जानकारी संसदलाई गराइएसँगै अब उनले प्रतिनिधिसभाको बैठकमा भाग लिन पाउनेछन्। उनी प्रतिनिधिसभाको पहिलो लाइनकै कुर्सीमा बस्‍नेछन्। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले महरालाई अदालतले सफाइ दिएको पत्र प्राप्त भएको जानकारी दिएका छन। उहाँ (महरा) लाई सफाइ दिएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । पाण्डेले भने,अब उहाँ संसद बैठकमा सहभागी हुने बाटो खुलेको छ। महरालाई काठमाडौं जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा सफाइ दिइएको पत्र पठाइएको थियो।

उक्त पत्रसहित आफूले सफाइ पाएको जानकारी महराले संसद सचिवालयलाई दिएका थिए। अदालतको फैसलाबाट निर्दोष सावित भएसँगै महराले सांसदका रुपमा १३४ दिन हिरासत र जेलमा बस्दाको समयको सेवा सुविधा पनि पाउने छन्। गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनर्स्थापित भएको छ।

संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वत: निलम्बित थिए। बलात्कार प्रयास अभियोग लागेसँगै महराले सभामुख पदबाट भने राजीनामा दिएका थिए। तीन वर्षभन्दा बढी सजाय तोकिने फौजदारी मुद्दा चलेपछि स्वतस् निलम्बित उनको सांसद पद र सेवासुविधा पनि फुकुवा हुनेछ।

अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुन: संसदमा प्रवेश गर्न पाउनेछन्। महराविरुद्ध जवरजस्ती करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्षसहित साढे ७ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार