असार २५, २०८२ बुधबार July 9, 2025

भारतमा एकैदिन झण्डै १६ हजार सङ्क्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् ।

मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् ।

एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । त्यसैगरी, कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयको भनाइ छ ।

पछिल्लो एक दिनमा तीन लाख ६२ हजार ८०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार