असार २५, २०८२ बुधबार July 9, 2025

फिलिपिन्समा पनि बढ्यो कोभिड सङ्क्रमण, एकै दिन ४८ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।

यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय सङ्क्रमित रहेका जनाएको छ ।

गत जनवरी १५ मा ३९ हजार चार जनामा कोभिडको सङ्क्रमण देखिएको थियो । एकै दिनमा भएको कोरोना सङ्क्रमण सबैभन्दा धेरै सङ्ख्या हो । फिलिपिन्समा कोरोना शुरुभएबाट हालसम्म यस सङ्क्रमणबाट ६० हजार नौ सय ९२ जनाको मृत्यु भ्एको छ ।

यसैबीच मलेसियामा शनिबार रातिसम्म थप चार हजार तीन सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमणको कारण १० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ । त्यसैगरी सो यहाँ अहिलेसम्म ४७ लाख ३२ हजार भन्दा बढीमा सो सङ्क्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल यहाँ ४४ हजार छ सय १७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  ती मध्ये ६८ जनाको सघन उपचार केन्द्रमाा उपचार भइरहेको समाचारमा जनाइएको छ ।

पछिल्लो समय भेटिएका यी सङ्क्रमितहरू प्रायः सबैजसो देशभित्रैका रहेका बताइएको छ । मलेसियाली सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्युदर भने निकै कम रहेको पनि बताइएको छ  ।

यसैबीच पाकिस्तानमा शनिबार पाँच सय ८१ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका र चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार नयाँ सङक्रमणसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६२ हजार आठ सय ८८ पुगेको छ ।

पाकिस्तानमा कोभिड–१९ शुरुभएबाट हालसम्म सङ्क्रमणबाट ३० हजार पाँच सय २७ जनाको मृत्यु भएको छ  । हाल यहाँ एक सय ७८ जना विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार