मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पूर्व राष्ट्रपति राजापाक्षे अर्को साता श्रीलंका फर्किने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विशाल प्रदर्शनका कारण देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे अर्को साता स्वदेश फर्किने भएका छन् ।

रुसका लागि श्रीलंकाका पूर्व राजदूत तथा राजापाक्षेका नातेदार उदयांग वीरातुंगाले अगस्ट २४ मा राजापाक्षे देश फर्किने स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । राजापाक्षे कार्यकाल बाँकी छँदै राजीनामा दिने पहिलो श्रीलंकाली राष्ट्रपति हुन् ।

उनी सैन्य विमानमा मालदिभ्स भागेका थिए । त्यसपछि केही साता सिंगापुरमा बसेर उनी हाल थाइल्यान्ड पुगेका छन् । सिंगापुर पुग्ने बित्तिकै उनले राजीनामा बुझाएका थिए । त्यसयता उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

उनीपछि राष्ट्रपति बनेका रनिल विक्रमासिंगेले भने एक महिनाअघि राजापाक्षे देश फर्किने बेला नभएको बताएका थिए । ‘यो उहाँ देश फर्किने बेला होजस्तो मलाई लाग्दैन,’ उनले वाल स्ट्रिट जर्नलसँग भनेका थिए । विक्रमासिंगेले संकटकाल नलम्ब्याउने बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार