श्रावण १६, २०८३ शनिबार August 1, 2026

‘न दोष तिम्रो, न दोष मेरो’ म्युजिक भिडियोमा सबिन र दीयाको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘न दोष तिम्रो, न दोष मेरो’ बोलको गजल तपाईंले सुन्नु भएको छ ? यो गजल रेकर्ड भएको झन्डै दश वर्ष भयो । यसबीच यो गजलले स्रोताको ध्यान तानेन । धीरज त्रिवेणीको शब्द, शिशिर साधकको संगीत र जुनु रिजाल काफ्लेको स्वरमा यो गजल काठमाडौंको प्रज्ञा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो ।

रेकर्ड भएको पाँच वर्षपछि म्युजिक भिडियो पनि बन्यो । म्युजिक भिडियोमा सबिन श्रेष्ठ र दीया मास्केले अभिनय गरेका छन् । यति हुँदा पनि गजलले स्रोतको ध्यान तानेन । गायिका जुनु रिजाल काफ्ले भन्छिन्, ‘यसबीच के भयो, हामीलाई पनि थाहा छैन । तर सामाजिक सञ्जाल वा भनौं टिकटकमा चमत्कारिक ढंगले गजल छायो । सर्जक-कलाकारहरुलाई यो कुराले खुसी त दिने नै भयो, त्यो भन्दा बढी आश्चर्यमा पनि पारेको छ ।’

यस गजलमा टिकटक बनाउनेहरु धेरै नै छन् । भ्यूज बेहिसाब छ । गायिका रिजाल भन्छिन्, ‘स्टेज कार्यक्रमहरुमा यो गजलको खास माग हुँदैन थियो । तर पछिल्ला केही कार्यक्रमहरुमा यहि गजलले पटक पटक ‘वान्स मोर’ पाइरहेको छ ।’

गजलको लिरिकल भिडियो र म्युजिक भिडियो दुवै गायक रामचन्द्र काफ्लेको युट्युब च्यानल ‘रामचन्द्र काफ्ले’मा क्रमशः ४ र २ दिन अघि मात्रै अपलोड गरिएको छ ।
गजलको टुक्रा टिकटकमा भाइरल भएपछि मूल गजल सुन्न स्रोताहरुले खोजेपछि अहिले पुनः अपलोड गरिएको गायक काफ्लेले बताए । न्यूज२४

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार